महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष जोशीको चाहानाप्रति सम्मान व्यक्त


महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गर्न जोशीद्धारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थ सहयोग प्रदान गरेको छ ।

भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पु¥याएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रुप प्रदान गर्न बैंकले पुस्तक प्रकाशानर्थ आर्थिक सहयोग उपलब्ध गराएको हो ।

 प्राज्ञिक तथा साहित्यिक संस्था लोकसाहित्य परिषद् बखुंबहाल, ललितपुरको अगुवाइमा वांगमय शताब्दी पुरुष सत्यमोहन जोशीद्धारा रचित पुस्तक चखुंचां हाःगु म्ये शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ औं जन्म जयन्तीको अवसरमा बैशाख २७ गते बैंकको उपस्थीतीमा एक समारोहको बिच लोर्कापण भएको थियो ।

आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि निरन्तर रुपमा विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु सञ्चालन गर्ने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।