सनराइज बैंकद्वारा प्रभावकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण


सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभावकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ ।

मगलबार आयोजित कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पु¥याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरे ।

सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालण्ले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले जनाए ।

साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्नराइज बैंकको सहयागले स्र्माट धनगढी बनाउने परियोजनामा टेवा पु¥याएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे । यसका साथै बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।