प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घट्यो, अब कति दिन्छ ?

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घटेको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश घटाएर स्वीकृति दिएपछि कम्पनी सञ्चालक समिति बैठकले लाभांशदर संशोधन गरेको हो ।

संशोधित लाभांश अनुसार अब कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको ९।८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद गरी कुल १०.३१५८ प्रतिशत लाभांश वितरण गर्नेछ । जेठ ३ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि बैशाख २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले आव २०७७।७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद गरी कुल १०.५१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सो लाभांश प्रस्ताव गरी कम्पनीले नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि वित्तीय विवरण पेश गरेकोमा प्राधिकरणबाट घटाएर लाभांशवितरण गर्न स्वीकृति प्राप्त भएको हो ।

संशोधित उक्त लाभांश प्राधिकरणबाट स्वीकृत भई इन्स्योरेन्स कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रभु लाइफ र महालक्ष्मी लाई एक आपसमा मर्जर प्रकृयामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।