बाल अस्पताल निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग


हिमालयन बैंक लिमिटेडले हेपाली हाइट, बुढानिलकण्ठ काठमाण्डौ स्थित काठमाण्डौ इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौमा बाल अस्पताल निर्माण गर्नका लागि २० लाखको आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौँ इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढङ्गले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ । सो संस्थाले झापाको दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ ।

उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले सो संस्थाका अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई उक्त रकम बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गरेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।