आजदेखि दक्षिण एसियामा जलवायु परिवर्तनका प्रभावबारे ३ दिने यूवा सम्मेलन


दक्षिण एसिया क्षेत्रलाई जलवायु परिवर्तन संकटसँग जुध्न सक्षम पार्ने उपायको खोजी गर्ने उद्धेश्यले राजधानीमा ३ दिने अन्र्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

विश्वका १४ देशका १०० यूवाहरुको सहभागिता हुने सम्मेलनको मुख्य बिषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशिलता, सबैको लागि भलाई’ रहेको छ ।

ग्लोबल सेपर्स कम्यूनिटी काठमाण्डौं र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनको दौरानमा सहभागीहरुले जलवायु उत्थानशिलताका लागि नविनतम र अन्यत्र लागु गर्न सक्ने समाधानका उपायहरुको वारेमा छलफल गर्नेछन् ।

यो बर्षको सम्मेलन दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएकाले ‘सेप साउथ एसिया–२०२३’ नाम दिइएको यो सम्मेलनमा विभिन्न विषयगत सत्रहरुमा आयोजना हुनेछन् ।

सम्मेलनको दौरानमा सिएनआई, नेपाल चेम्वर अफ कमर्श तथा सीउनआईवाईइएफ जस्ता नीजि क्षेत्रका प्रतिनिधीमुलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिवद्धता व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यवशायिक तथा नीजि क्षेत्रले जलवायु परिवर्तनमा के कस्तो योगदान गर्न सक्छन भन्ने विषयमा छलफल हुनेछ ।

सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाण्डौं रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेशन (एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआइविल एस क्यापिटल, नेबिल वैक र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् । यसैगरी क्लाइमेट रियाल्टी टिम र योेङ ग्लोबल लिडर्सले सम्मेलनको प्राविधिक पक्षलाई संयोजन गरेका छन् ।

वल्र्ड इकोनोमिक फोरमको संक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ सहरहरुमा केन्द्र (हब) रहेका छन् । सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरुले वृक्षारोपण अभियान अन्तर्गत तराई क्षेत्र सहित देशका विभिन्न स्थानमा २२ सय वोटविरुवा वृक्षारोपण गरेका छन् । वायुमण्डलमा रहेको कार्बन सोस्न तथा वातावरणीय संरक्षणमा योगदान दिन सहयोग पुग्ने भएकाले वृक्षारोपण गरिएको ग्लोबल सेपर्स काठमाडौका सदस्य केशव सरावगीको धारणा छ ।

सम्मेलनको दौरानका ग्लोवल सेपर्स काठमाण्डौंले वातावरण संरक्षण र जलवायू परिवर्तन न्यूनीकरणको दिशामा गरेका केही नविनतम कार्यलाई प्रस्तत गरिने तयारी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।