सिण्डिकेट र कार्टेलिङको अन्त्य गर्ने सरकारको घोषणा

0
Shares

सरकारले आगामी आर्थिक वर्षमा औद्योगीक तथा ब्यापारीक क्षेत्रमा रहेको सिण्डिकेट र कार्टेलिङ अन्त्यगर्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सिण्डिकेट अन्त्य गर्ने घोषणा गरेको हो ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन । आगामी आवमा उद्योग तथा ब्यापार क्षेत्रमा हुने कार्टेलिङ तथा सिण्डिकेटको अन्त्य गरी बजारलाई व्यवस्थित र अनुशासीत बनाउने राष्ट्रपति पौडेलले बताए ।

सरकारले नीति तथा कार्यक्रममा मार्फत नै लगानी योग्य पुँजीको अभाव हुनु नदिने घोषणा गरेको छ । त्यसैगरी सरकारले साना तथा मझौला उद्योगका लागि पुँजी अभावको समस्या आउन नदिने घोषणा गरेको हो ।

आगामी आवमा सरकारले रुग्ण उद्योगहरुको व्यवस्थापन गर्ने भएको छ । सो अनुसार सरकारले बन्द गर्नु पर्नेलाई बन्द गर्ने, मर्जर गराउन मिल्नेलाई मर्जर गराउने र सम्भावना भएका उद्योगलाई पुन सञ्चालनमा ल्याउने घोषणा गरेको छ । साथै सरकारले उद्योगमा विद्युत आपुर्ति सुनिश्चित गर्ने समेत सरकारले घोषणा गरेको छ ।

आगामी आवमा सरकारले लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारीकरणमा टेवा पुर्याउने गरी सार्वजनिक नीजि र सहकारीको सहभागीतामा बजारीकरण व्यवस्था गरिने सरकारले जनाएको छ ।

आगामी आवमा सरकारले दिगो विकासका लागि गुरु योजना बनाइने समेत घोषणा गरेको छ । दोधारा चाँदनी सुख्खा बन्दरगाह आगामी तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।