सरकारले ट्रेजरी बिलमार्फत यो साता ३४ अर्ब बढी आन्तरिक ऋण उठाउँदै

0
Shares

नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरेर ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ ।

ट्रेजरी बिलमार्फत सरकारले कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये ३२ अर्ब २० करोड ३२ लाख परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने २ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गरेको हो। नयाँ जारी हुने ट्रेजरी बिल यो ९१ दिने रहेको छ ।

नविकरण गर्न लागिएको मध्ये २८ दिने १० अर्बको, ९१ दिनेको २ अर्ब २३ करोड ३२ लाखको, १८२ दिने १२ अर्ब ४७ करोड र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल रहेको छ ।

यसअघि २८ दिने ट्रेजरी बिलको औषत ब्याज ८.०८ प्रतिशत, ९१ दिनेको ९.६५ प्रतिशत, १८२ दिने ९.५ प्रतिशत र ३६४ दिने ८.९८ प्रतिशत ब्याज कायम भएको थियो।

सोमबार बोलकबोल ट्रेजरी बिल मंगलबार जारी (वितरण) हुनेछ । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ। चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।