सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरु थप गरेको छ । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले हाल मोबाइल बैंकिङ एप मार्फत नियमित प्रदान गर्दै आइरहेको सेवाहरुको अतिरिक्त अन्य उपयोगी सेवाहरु थप गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी मोबाइल मार्फत प्रिभिलेज बैंकिङ सेवा सुरु गरेको छ । यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एप मार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्नेछ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका तोकिएका सम्पर्क अधिकृतहरु मार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यसैगरि बैंकले, आफ्नो एप मार्फत नेपाल पे को क्युआर सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकहरुले फोनपे का अतिरिक्त नेपाल पे को क्युआर कोड समेत स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी ग्राहकहरुले चेक रोक्का राख्ने लगायतका थप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।