महालक्ष्मी विकास बैंक २९ औं वर्षमा


महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान गरेको छ ।

साथै सम्पूणर् कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता र्‍याली, सम्पूणर् शाखा कार्यालयहरुमा केक कटिङ कार्यक्रम, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाईरहेको बैंकले जनाएको छ ।

केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेष्ठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूणर् प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ६ गते, शनिबार बिहान वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरु मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण लगायतसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

त्यसैगरि वार्षिकोत्सवको अवसरमा गत बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) १६ टिमको सहभागितामा बैैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।