कुमारी बैंकले ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


कुमारी बैंकले ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

सेयर बिक्रीका लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । अन्य व्यक्ति संस्था वा कम्पनीले उक्त सेयरमा आवेदन दिन सक्ने छैनन् ।

सेयर खरिद गर्न चाहनेले आज जेठ ८ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी बिओके क्यापिटल लिमिटेड कमलादी काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । सेयर बिक्री मूल्य ११० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले न्युनतम १ हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । १० लाख भन्दा बढीको आवेदन दिनेले अनिवार्य रुपमा आवेदन फारममा आफ्नो प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । बोलपत्र पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।