“स्विटजरल्याण्ड पठाइदिन्छु” भनेर ठगी गर्ने महिला पक्राउ


स्विटजरल्याण्ड पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पिडितले दिएको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले प्रहरीलाई पक्राउ गर्न गरेको पत्राचारका आधारमा ४६ वर्षीय पार्वती थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोक बनेपा न.पा. वडा नं. ४ स्थाई घर भई हाल बाँकेको कोहलपुर न.पा. वडा नं. ११ दशबगिा बस्ने पार्वती थापाले तुलाराम तारम मगरलाई वैदेशकि रोजगारीका लागि स्विट्जरल्याण्ड पठाइदिने भन्दै प्रलोभनमा पारेर पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

स्वीजरल्याण्ड पुगेपछि सुपरमार्केटमा प्याकङिको काम लगाइदन्छिु, मासकि तलब १ लाख रुपैयाँ हुन्छ भनेर थापाले मगरलाई प्रलोभनमा पारेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयबाट खटएिको वशिेष प्रहरी टोलीले पार्वती थापाको खोजतलास गर्ने क्रममा जेठ ८ गते काठमाण्डौं महानगरपालिका २६ गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशकि रोजगार वभिाग बुद्धनगरमा पठाइएको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।