नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १८ जनाको नाममा रहेको ६ लाख ६९ हजार ७९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यो पटकको लिलामीमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छैनन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सेयर बिक्रीको लागि संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ ।

उक्त कित्ता सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएमा मात्र अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर खरिद गरिने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर शाखा, लाजिक्पाट काठमाण्डौंमा आवेदन दिन सक्ने बताइएको छ । आवेदन फारममा आफुले खरिद गर्न चाहेको कित्ता संख्या र रकम स्पष्ट रुपमा उल्लेख गर्नु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।