दश महीनामा भित्रियो साढे दुई खर्बको पेट्रेलियम पदार्थ, राजश्वमा ८५ अर्ब योगदान


चालु आर्थिक वर्षको बैशाख महीनासम्ममा नेपालले २ खर्ब ४९ अर्ब ७३ करोड १४ लाख ११ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । आयातित पेट्रोलियम पदार्थबाट सरकारले ८४ अर्ब ३८ करोड ३६ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को दश महीनामा नेपालले १ खर्ब २५ अर्ब ३६ करोड ३९ लाख ३९ हजार रुपैयाँ बराबरको १० लाख ८६ हजार २३० लिटर डिजेल आयात भएको छ । डिजेलबाट सरकारलाई ४३ अर्ब ४० करोड ८४ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।

डिजेल पश्चात दोस्रो ठूलो पेट्रोल आयात भएको छ । दश महीनाको समीक्षा अवधिमा भारतबाट ५५ अर्ब ७९ करोड २५ लाख ३२ हजार रुपैयाँ बराबरको ५ लाख ५९ हजार ६८ लिटर पेट्रोल खरिद गरेको छ । सरकारले पेट्रोल आयातबाट ३० अर्ब २१ करोड ८७ लाख २१ ह्जार रुपैयाँ राजश्व संकलन गरेको छ ।

साथै तेस्राे ठूला पेट्रोलियम पदार्थ नेपालीहरुले भान्सामा प्रयोग गर्ने एलपीजी ग्यास भएको छ । यस अवधिमा ४२ करोड ८६ लाख ८२ हजार २६८ किलो एलपीजी ग्यास आयात भएको हो । कुल ४९ अर्ब ७२ करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको एलपीजी ग्यास आयात हुँदा सरकारले यस वापत ९ अर्ब २७ करोड ४५ लाख ६७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यस्तै चालु आवको चैत महिनासम्म नेपालमा १७ अर्ब ६० करोड ८९ लाख रुपैयाँ बराबरको ५ लाख ९४ हजार ७३७ लिटर हवाइ इन्धन भित्रिएको छ । हवाइ इन्धनबाट सरकारले १ अर्ब ३३ करोड ३९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । पछिल्लो १० महिनामा विभिन्न घरायासी तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने मट्टितेल ९ हजार ७६४ लिटर भित्रिएको छ । भन्सार मूल्यमा यसको मूल्याङ्कन १ अर्ब १७ करोड १४ लाख २० हजार रुपैयाँ रहेको छ । मट्टितेल आयातबाट सरकारले ११ करोड ७१ लाख ८७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

चालु आवको दश महीना अवधिमा पेट्रोल, मट्टितेल, डिजेल, एलपीजी ग्यास बाहेक ६ करोड ५९ करोड २९ लाख रुपैयाँ बराबरको अन्य पेट्रोलियम पदार्थहरु आयात भएको छ । जसबाट सरकारलाई ३ करोड ६ लाख ६० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस अवधमिा १ लाख २९ हजार रुपैयाँ बराबरको १० किलोलिटर लाइट डिजेल आयल नेपाल आयात भएको छ । जसबाट सरकारले २२ हजार रुपैयाँ राजस्व सरकारको राज्य कोषमा जम्मा भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ९ जेठ २०८०, मंगलबार  १५ : ०३ बजे