यसकारण इन्टरनेटमा नेपालकै उत्कृष्ट छ वर्ल्डलिङ्कको ग्राहक सेवा


नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले त्यसका लागि उत्कृष्ट किसिमको ग्राहक सेवा उपलब्ध गराउँदै आएको छ ।

यसका लागि कम्पनीले देशभर करिब १७० ’सपोर्ट जोन’ (सहायता क्षेत्र) स्थापना गरेको छ । ती सबै क्षेत्रमा ग्राहकको इन्टरनेट सम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएका छन् ।

यसैले गर्दा वर्ल्डलिङ्कका ग्राहकले सरल, सहज र प्रभावकारी सेवा पाउन सम्भव भएको हो । कम्पनीका अनुसार काठमाण्डौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । जसले गर्दा इन्टरनेट सम्बन्धी कुनै समस्या परेको खण्डमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र वर्ल्डलिङ्कका कर्मचारी समाधान गर्ने ग्राहकको घरमा पुग्छन् ।

यदि विशेष कारण बाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्ति स्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादव बताउँछन् ।

“हामी ग्राहकलाई जति सक्दो प्रभावकारी सेवा उपलब्ध गराउन प्रतिबद्ध छौं,“ उनी भन्छन्, “यदि केही गरी हाम्रा फिल्ड स्टाफ दुई घण्टाभन्दा पाँच मिनेट मात्रै ढिलो पुगे भने पनि ग्राहकलाई क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं ।“ कम्पनीले ग्राहकलाई कस्टमर सपोर्ट दिने विभिन्न माध्यहरू प्रयोग गर्दै आइरहेको छ ।

कम्पनीको उक्त कल सेन्टर नौ लाख ग्राहकलाई ग्राहक सेवा दिनसक्ने गरी व्यवस्थापन गरिएको यादवको भनाइ छ । वर्ल्डलिङ्कका ग्राहकले समस्या आएको खण्डमा ९८०१५२३०५१ मा कल गरेर २४ सै घण्टा प्राविधिक सहायता प्राप्त गर्न सक्छन् ।

यसरी गुनासो प्राप्त भएको खण्डमा सम्भव भएसम्म डेस्कबाटै समस्या समाधान हुन्छ । अन्यथा उक्त समस्या समधानका लागि सम्बन्धित सहायता क्षेत्रमा खबर गरिन्छ । यस्तोमा नजिकको सहायता क्षेत्रबाट कम्पनीका प्राविधिक आएर समस्या समाधान गरिदिन्छन्।

त्यस्तै नयाँ जडान सम्बन्धी जानकारी लिन ९८०९५२३०५२ र रिन्यु तथा प्याकेजको बारेमा बुझ्न ९८०९५२३०५३ मा सम्पर्क गर्न सकिने उनको भनाइ छ । यस्तै कम्पनीको [email protected] मा ईमेल गरेर तथा विभिन्न सामाजिक सञ्जाल पेजहरूमा म्यासेज गरेर पनि आफ्नो गुनासो टिपाउन सक्ने छन् ।

यसैगरी ग्राहक आफैँले ’माई वर्ल्डलिङ्क’ एप प्रयोग गरेर आफ्नो इन्टरनेट वा राउटरमा देखिएको समस्या पहिचान गर्न सक्ने सुविधा समेत रहेको कम्पनीका कस्टमर सपोर्ट हेड अनिल रजक बताउँछन् ।

“ग्राहकले माई वर्ल्डलिक एपमा रहेको अकाउन्ट डायग्नोस्टिक टुलमा गएर आफ्नो समस्या पहिचान गर्न सक्नुहुन्छ,“ रजक भन्छन्, “डायग्नोस्टिक टुलमा गएर इन्टरनेट मुख्य कारण पहिचान गरेर स्वचालित रुपमा समस्या समाधान गर्ने तथा सपोर्ट एजेन्टका लागि टिकट खोल्ने काम गर्छ ।“ यस्तै वर्ल्डलिङ्कले विशेष कारण बाहेक यसरी टिकट तयार भएको दुई घण्टाभित्र समस्या समाधान गर्ने ग्यारेन्टीे दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।