सिएट टायरको ‘सिएट सपी’ बालकुमारी ललितपुरमा

0
Shares

नारायणी अटो बिजनेस प्रालिले “सिएट सपी” नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ । यसको उद्घाटन सिएट इडिया अन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले आज एक समारोहबीच शुभारम्भ गरे ।

कार्यक्रममा बोल्दै रावले भने, “सिएट टायरको नयाँ सोरुमले नेपाली ग्राहकहरुको बद्लिँदो इच्छा एवं आवश्यकतालाई सर्वाेत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने कुरामा मलाई पूर्ण विश्वास छ ।” उनले सिएट, इन्डिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाइ नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए ।

यस्तैगरी, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफुलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । यस सोरुम नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुङ्गा सावित हुने पनि उनले बताए ।

कार्यक्रममा बोल्दै सिएट, इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवं विशेषताहरु बारे प्रस्ट पारे । यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता श्री एस.टि.सी.का प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने,“यस टायर लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाई पर्न सफल ब्राण्ड हो । हामी निरन्तर ग्राहकहरुलाई गुणस्तरीय एवं भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

यस नयाँ सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ । अन्य उस्तै खालका टायर भन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले फाईभ स्टारको मान्यता प्राप्त गरेको तथा गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएटमा सुरक्षाका विशेषताहरु रहेकाले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्ने कम्पनीको दाबी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।