नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन योग्य

0
Shares

नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन योग्य भएको छ ।

नेपालले स्तरोन्नतिका लागि आवश्यक तीन मापदण्ड पुरा गर्नुपर्नेमा दुई मापदण्ड पूरा गरी स्तरोन्नतिका लागि नेपाल योग्य भएको हो ।

नेपाल सन् १९७१ देखि अतिकम विकसित राष्ट्रको सूचीमा रहँदै आएको छ। उक्त सूचीबाट स्तरोन्नतिका लागि तेह्रौं योजना अवधिदेखि नै प्रयास हुँदै आएको थियो।
स्तरोन्नतिका लागि निर्धारित तीन मापदण्ड मध्ये नेपालले मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरेको छ।

स्तरोन्नतिका लागि निर्धारित तीन मापदण्ड मध्ये नेपालले मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरेको हो।
संयुक्त राष्ट्रसंघले पछिल्लो पटक सन् २०२१ नोभेम्वरमा गरेको निर्णयअनुसार पाँच वर्षको तयारी अवधि (ग्रेस पिरियड) सहित सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट विकासशील मुलुकमा स्तरोन्नति हुने संशोधित लक्ष्य रहेको छ।

सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि त्यसका प्रभाव अर्थतन्त्रका आन्तरिक तथा बाह्य क्षेत्रमा पर्ने देखिन्छ । हाल नेपालले निर्यात व्यापारमा अति कम विकसित राष्ट्रको रूपमा पाइरहेका सहुलियतमा कमी आई निकासी गर्ते वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने सम्भावना छ।

तसर्थ, निकासीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्तरोन्नति पश्चात हुनसक्ने ह्रासलाई न्यूनीकरण गर्न निकासी वस्तु र बजारको विविधिकरण गर्नुपर्ने देखिन्छ।

साथै, निकासी क्षमता अभिवृद्धिका लागि वैदेशिक लगानी आकर्षित गर्ने र सौविध्यपूर्ण व्यापार प्रणालीमा आवद्धता बढाउदै जानु पर्ने देखिन्छ। त्यसैगरी, निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, उत्पादनका साधनको दक्षता र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुपर्ने आर्थिक सर्वेक्षणले देखाएको छ ।

दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा हालसम्म नेपालले मिश्रित उपलब्धि हासिल गरेको छ। सामाजिक क्षेत्रका सूचकका उपलब्धिको अवस्था सन्तोषजनक रहेका छन्। साथै, कोभिड–१९ को कारण पछिल्ला २ वर्षमा गरिबी, बेरोजगारी लगायतका पक्षमा दबाब सिर्जना भएकोले दिगो विकासका लक्षित उपलब्धि हासिल गर्न थप प्रयास आवश्यक छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।