‘रियलमीको नार्जो एन ५३’ सोह्र हजारमा


रियलमीले नयाँँ पुस्ता अर्थात जेन–जिलाई लक्षित गरेर नेपालमा आफ्ना नयाँँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ ।

एन सिरिजले विविधता, नयाँपन र असिमित सम्भावनाहरु ल्याउँने कम्पनीले जनाएको छ । कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँँ पुस्ताको मन जित्ने आशा विश्वास गरेको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा खुशी लागेको बताउँदै नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर भएको बताए ।

रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शानदार बनाउने बताइएको छ । यस्तै अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउने गिरीले बताए ।

७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ ।

रियलमीको डाइनामिक ¥याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । ६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ ।

यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मुल्यमा उपलब्ध मोडलहरु मध्य सबैभन्दा धेरै हो । यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज रहेको छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्दछ ।

सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५ हजार एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ । यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्टेट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु रहेका छन् ।

रियलमी सि ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ । यो मिनी क्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्रि स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।

यस्तै नार्जो एन ५५ नयाँँ पुस्ताको लागि पर्फेक्ट फोन हो । ३३ वाटको फास्ट चार्जिङ, ६४ एमपिको एआइ क्यामरा, मिडिया टेक हेलियो जि ८८ चिप सेट र १२ जिबि सम्मको डाइनामिक ¥याम र ९० हर्जको फुल एचडि प्लस डिस्प्ले जस्ता फिचरहरुले यो फोनलाई यस सेग्मेन्टको अन्य मोडलहरुको तुलनामा एक कदम अगाडि बनाएको छ ।

नार्जो एन ५५ मा मिडियाटेक हेलियो जि ८८ चिप सेट रहेको छ जुन यो सेग्मेन्टमा हुने फोनहरुको लागि सबैभन्दा उच्च स्तरको हो । माली जि ५२ जिपियु र १२ एनएमको प्रोसेसिङ टेक्नोलोजी भएको यो चिप सेटले ग्राफिक्स प्रोसेसिङ त असाधारण तरिकाले गर्छ नै साथै मल्टीमिडिया, गेमिङ र मल्टीटास्किङको लागि पनि एकदमै सहज बनाउँछ । यो फोनमा सेन्ट्रल्ली लोकेटेड पन्च होलले गर्दा फुल स्क्रिन लुक र सिमेट्री एकदमै सुन्दर रहेको छ जुन नार्जो डिभाइसमै पहिलो पटक हो ।

नार्जो एन ५५ यो सेगमेन्टकै एक मात्र स्मार्टफोन हो जसमा ०.७ म्याक्रोमिटरको बिग पिक्सेल साइज र १\२ इन्चको सेन्सर साइज युक्त ६४ एमपिको क्यामरा रहेको छ । यसमा २ एमपि रेजोलुसन युक्त ब्ल्याक एन्ड व्हाइट लेन्स भएको ८ एमपिको सेल्फी क्यामरा पनि रहेको छ । साथै यसमा बोके फ्लेयर पोर्टेट, एआइ कलर पोर्टेट र स्टारी मोडको साथै प्रो–लाइट इमेजिङ टेक्नोलोजी पनि रहेको छ ।

नार्जो एन ५५ सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा ३३ वाटको सुपरभोक चार्जिङ र ५००० एमएएच शक्तिशालि ब्याट्रि रहेको छ । जम्मा २९ मिनेटमै ५० प्रतिशत चार्ज हुने यो फोन फुल चार्ज हुन ६३ मिनेट लाग्छ । इनटेलिजेन्ट फाइभ कोर प्रोटेक्सन सिस्टम भएकोले यो फोन ओभरचार्ज, ओभर भोल्टेज, ओभर करेन्ट, ओभर टेम्पेरचर र एक्स्ट्रिम केस प्रोटेक्सन हुन्छ ।

दुबै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९९९ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९९९ रहेको छ ।

त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २० हजार ४९९ र ६+१२८ भेरियन्टको मूल्य २४ हजार ४९९ रहेको छ । नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।