विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको बृहत बृक्षरोपण

0
Shares

विश्व वातावरण दिवसकाे अवसरमा सिटिजन्स बैंकले बृहत बृक्षरोपण कार्यक्रम सम्पन्न गरेकाे छ। ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनिकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्दन गर्ने हेतुले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा शान्तिनगर वडा नम्बर ९ मा २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपिएकाे छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेकाे छ ।

हाल, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको बताइएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।