शाओमीले ल्यायो भव्य एक्सचेन्ज अफर, छुटको समेत व्यवस्था


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले भव्य एक्सचेन्ज अफरको सार्बजनिक गरेको छ । जसमार्फत ग्राहकहरूले कुनै पनि ब्रान्डको स्मार्टफोनहरूसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् ।

साथै ग्राहकहरुले रेड्मी 12 5G* खरिद गर्न चाहेमा थप १ हजार रुपैयाँ छुट पनि पाउने छन् । यस पहलका साथ शाओमीले ग्राहकहरूलाई आफ्नो इकोसिस्टममा सामेल हुन सहज र किफायती तरिका प्रदान गर्दै अत्याधुनिक प्रविधिलाई विशाल दर्शकहरू माझ पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

ग्राहकहरूलाई आफ्नो पुरानो स्मार्टफोनहरू साट्नका लागि सुनौलो अवसर प्रदान गर्दै शाओमीले इलेक्ट्रोनिक वस्सट घटाउने र दिगोपन प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ । एक्सचेन्ज अफरको बारेमा चर्चा गर्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, “यो एक्सचेन्ज अफर हाम्रा ग्राहकहरूमाझ ल्याएर ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको .गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।”

ग्राहकहरूले शाओमीको कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै एक्सचेन्ज अफरको लाभ लिन सक्नेछन् । ग्राहकहरूले “नयाँ पुरानो एक्सचेन्ज“ मोबाइल एपबाट आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सक्नेछन् । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि यो अफर अझै आकर्षक बन्दछ ।

अत्याधुनिक छन् कनेक्टिभिटी, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले र प्रभावशाली क्यामेरा सहितको रेड्मी 12 5G* खरिदमा एक हजारको विशेष छुटमा ग्राहकहरूले थप सहुलियत प्राप्त गर्नेछन् । यो सीमित–समयको अफरले ग्राहकहरूलाई शाओमीको नवीनतम प्रविधिलाई सुनौलो अवसर मात्र नभई खरिदमा पर्याप्त बचत पनि सुनिश्चित गर्ने बताइएको छ । शाओमीको एक्सचेन्ज अफर जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।