ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित


ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।

नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशिलता जस्ता बुँदाहरुलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ ।

ग्लोबल आइएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजिमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ जेठ २०८०, शुक्रबार  ११ : २३ बजे