सांग्रिला डेभलपमेन्ट बैंकद्वारा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सहयोग


सांग्रिला डेभलपमेन्ट बैंकले निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई उपकरण सहयोग उपलब्ध गराएको छ । बैंकले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थालाई आर्थिक तथा उपकरण सहयोग उपलब्ध गराएको जनाएको छ ।

कोहलपुर-९, झण्डहवागाँउ, बाँकेमा रहेको उक्त प्रतिष्ठानलाई बैंकले सेमी फोल्डिङ बेड, ह्वील चियर, आईभी स्ट्याण्ड लगायतका उपकरण हस्तान्तरण गरेको हो ।

बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथै अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।