नाडाद्धारा शीप तथा क्षमता विकास इकाई गठन


नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालाले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिकहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई गठन गरेको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदसिय इकाई गठन गरेको हो ।

विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शुरुआती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतिय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट ७ जना प्राविधिकहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघको पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

विद्युतिय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको जनाएको छ । महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको सो वर्कशप गोष्ठिको लागि नाडाका उपाध्यक्ष, विद्युतिय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको छ ।

यसै क्रममा नाडाले अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्र्ने तयारी गरिरहेको छ विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।