इसेवाबाट टेलिकमको रिचार्जमा स्कुटर जित्न सकिने


भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रकि स्कुटर जित्न सकिने अफर ल्याएको छ ।

यस अभियानमा सहभागि हुन इसेवाको मोबाइल एप वा वेबमार्फत टेलिकमका प्रिपेड, पोष्टपेड र डाटा प्याकहरु खरिद तथा रिचार्जमा गर्नेहरु यो अफरमा सहभागि हुने इसेवाले जनाएको छ ।

यो अफर आगामी असार १५ गतेसम्मका लागि सञ्चालन हुने इसेवाले जनाएको छ । अफर सञ्चालन हुने अजधिमा प्रोमो कोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासव्याक पाउन सकिने इसेवाद्धारा जारी विज्ञप्तिमा उल्ल्ेख छ । यस्तो क्यासव्याक रकम रिचार्ज गरेको २४ घण्टाभित्र इसेवा वालेटमा जम्मा हुनेछ ।

कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो जसले एक पटकको चार्जमा ७५ देखि १०० किलोमिटरको माइलेज दिन्छ । सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटर जडान गरएिको इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता छन् ।

एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले इसेवाको सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा पाइरहेको इसेवाको दाबी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।