लेखापरीक्षणमा ‘इथिकल प्राक्टिस’ को अभावले विदेशिँदै चार्टर्ड एकाउन्टेन्टस्

0
Shares

चार्टर्ड एकाउन्टेन्ट उत्तिर्ण भएपछि विदेशीनेको संख्या दैनिक रुपमा बढ्दो छ । लेखापरीक्षण पेसामा व्यवसायीकताको कमी रहेकै कारण विदेशीने चार्टर्ड एकाउन्टेन्टस्को संख्या दैनिक बढेको हो ।

चार्टर्ड एकाउन्टेन्टस् संघका अनुसार पछिल्लो एक वर्षमा मात्र २ सय चार्टर्ड एकाउन्टेन्टस् विदेशीएका छन । विदेशीनुको मूख्य कारण स्वदेशमा चार्टर्ड एकाउन्टेन्टले पाउने न्यून सेवा सुविधा र ‘इथिकल प्राक्टीस’ को अभाव रहेको उनीहरुको बताउँछन ।

समाजले चार्टर्ड एकाउन्टेन्ट भनेपनि सो अनुसार काम र सेवा सुविधा उपलब्ध नहुने भएपछि विदेशीनुको विकल्प नभएको एक चार्टर्ड एकाउन्टेन्टले बताए । “लेखापरीक्षण गर्ने क्रममा व्यवसायीक अभ्यास गर्न खोज्दा एक्लो भइन्छ,” ती चार्टर्ड एकाउन्टेन्टले भने,“दिन रात मेहनेत गरेर पढेर चार्टर्ड एकाउन्टेन्ट भयो काम गर्ने बेला सेवा सुविधा निकै न्यून भएकाले पनि उपयुक्त सेवा सुविधाका लागि बाहिरीने क्रम बढेको हो ।”

त्यसका साथै भारतीय बोर्ड वाट चार्टर्ड एकाउन्टेन्ट पास गर्दा नेपाल आएर एक वर्षको इन्र्टन गर्नुपर्ने व्यवस्थाले समेत निरास बनाएको अर्को चार्टर्ड एकाउन्टेन्ट बताउँछन । नेपालको लेखापरीक्षणको अभ्यास सेवा सुविधाले विदेश नै जाउ भन्ने खोजेको भारतीय बोर्डबाट चार्टर्ड एकाउन्टेन्सी उत्र्तिण गरी नेपाल आएको करिब पाँच वर्ष विताइसकेका ती चार्डर्ड एकाउन्टेन्टले बताए । “अग्रजहरुसंग काम गर्दा पेसागत व्यवसायीकता छैन,” उनले भने,“उनीहरुले लेखापरीक्षकको इथिक्स भन्दा पनि क्लाइन्टको पक्षमा मात्र काम गर्ने गरेका छन ।”

उनका अनुसार अग्रज तथा पुराना लेखापरीक्षकले भने अनुसार गर्दा व्यवसायीक मर्यादा भित्र काम हुदैन । पुरानाले भने अनुसार नगर्दा आफ्नो करिअर नै संकटमा पर्ने अवस्था रहेकाले पनि नयाँ जेनेरेसनले विदेशको विकल्प नदेखिएको ती चार्टर्ड एकाउन्टेन्टको भनाई छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाको सदस्यता लिएका चार्टर्ड एकाउन्टेन्टस्को संख्या एक हजार ३ सय ४२ रहेको छ । स्वदेश तथा विदेशी बोर्डबाट चार्टर्ड एकाउन्टेन्ट उत्तिर्ण गरी नेपालमा रहेका चार्टर्ड एकाउन्टेन्टस्को संख्या करिब ३ हजार रहेको नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघका एक अधिकारीले जानकारी दिए ।

नेपाली बोर्डबाट बार्षिक ५० जाना चार्टर्ड एकाउन्टेन्टस् मात्र उत्तिर्ण हुने गरेका छन । तर, गत वर्षमात्र करिब २ सय चार्टर्ड एकाउन्टेन्ट विदेशीएको संघका ती अधिकारीको भनाइ छ । यो तथ्याङकलाई हेर्दा एक वर्षमा स्वेदशमा उत्पादन हुने चार्टर्ड एकाउन्टेन्स भन्दा विदेशीनेको संख्या ४ गुणाले धेरै हो । विदेशीने अहिलेको अवस्था कायम रहेको खण्डमा विदेशमा मात्र नभई नेपालमा उतिर्ण हुने चार्टर्ड एकाउन्टेन्ट पनि विदेश नै पलायन हुनुपर्ने बाध्यता आउने उनको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।