भारतीय किशोरले सगरमाथा आधार शिविरमा तबला बजाएर बनाए कीर्तिमान


एकजना भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प)मा तबला बजाएर कीर्तिमान बनाएका छन् ।

भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले उक्त कीर्तिमान बनाएका हुन् ।  गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना भाइ अर्जुन, आमा पल्लवी र बुबा रोहितसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए ।

शिवमले सानैदेखि तबला बजाउन सिकेका थिए । एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा उनले आफ्नो तबला पनि बोकेरै गएका थिए । शिवमका बुबा रोहित चौधरी उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताउँछन् । कक्षा ३ मा अध्ययनरत ८ वर्षीय अर्जुन पनि बाबुआमासँग एभरेस्ट बेस क्याम्प पुगेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।