नेशनल हाइड्रोपावरको सेयर मूल्य समायोजन

0
Shares

नेशनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रदपछि सेयरमूल्य समायोजन भएको हो ।

स्टकका अनुसार ५० प्रतिशत हकप्रदपछि कम्पनीको समायोजित सेयर मूल्य १८२ रूपैयाँ ७ पैसा निर्धारण गरिएको छ । बिहीबार कम्पनीको सेयर अन्तिम पटक २२३ रुपैयाँ १० पैसामा खरिद बिक्री भएको थियो । अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले हकप्रदमा सेयरमूल्य समायोजन गरेको हो ।

बिहीबार समायोजित भाउलाई आधार मानेर अब आइतबार धितोपत्रको दोस्रो बजारमा नेशनल हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।