काठमाण्डौंमा हिन्दी चलचित्र प्रदर्शन रोक्ने बालेनको चेतावनी


काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षीण भारतीय चलचित्र आदिपुरुष मा जानकी भारतीय छोरी हुन् भन्ने शब्द सच्याउन चलचित्र निर्माण पक्षलाई चेतावनी दिएका छन् ।

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको नेपालमा मात्र नभई भारतमा समेत उक्त वाक्यांश नसच्चिएसम्म काठमाण्डौंमा हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने उनले चेतावनी दिएका हुन् । उनले यसका लागि ३ दिनको समय दिइएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस,”  बालेनले भनेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।