कनेक्ट आइपीएसले ल्यायो इन्स्युरेन्स प्रिमियम भुक्तानीमा क्यासब्याक अफर


कनेक्ट आइपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी प्रिमियम भुक्तानी २०८० को क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

यस अन्तर्गत कनेक्ट आइपीएस मार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम २ हजार ०८० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

यस्तै अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ०८० क्यासब्याक प्राप्त गर्न सक्ने छन् । लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ ।

कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपीएसमात्र सो अफर लागू हुनेछ । कनेक्ट आइपीएसलिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएस को वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पेलगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।