एनआईसी एशिया क्यापिटल र महालक्ष्मी विकास बैंकबीच रजिष्ट्रार सेवा सम्झौता


एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेड बीच “११ % महालक्ष्मी डिबेन्चर, २०८९” को रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित १ अर्व रुपैयाँ बराबरको दश लाख कित्ता “११ % महालक्ष्मी डिबेन्चर, २०८९” को दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

ऋणपत्रको अवधि १० वर्ष रहेको छ । उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइने छ । सम्झौतासँगै लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत हुने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।