हिमालयन लाइफ इन्स्योरेन्सको सेयर हितग्राही खातामा जम्मा

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर असार ३ गते आइतबार हितग्राही खातामा जम्मा भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले कम्पनीको सेयर एचएलआई (HLI) कारोबार संकेतमा जम्मा गरेको हो ।

यससँगै अब केही दिनमा नै कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई दोस्रो बजारमा कारोबार सुचारु हुनेछ । मर्जरपछि हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ कायम भएको छ । तीन कम्पनी १ः१ः१ को बराबरी हैसियतमा गाभिएका हुन् ।

तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर सम्पन्न भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो । तीन कम्पनीले २०८० बैशाख २६ गतेदेखि संयुक्त कारोबार गरेका थिए ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा तत्कालीन यूनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । यस्तै युनियन लाइफको तर्फबाट जीवन कुमार सञ्चालक छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी तथा गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् ।

हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा पनि यूनियन लाइफका सीईओ मनोज कुमार लाल कर्णले नै निरन्तरता पाएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्स ले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।