एनआईसी एशिया बैंकले दुई लघुवित्तको सेयर बिक्री गर्दै


एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई लघुवित्तको १ लाख १२ हजार ८३ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले सूर्योदय वोमीको १ लाख ६ हजार ९ सय र महुली लघुवित्तको ५ हजार १८३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकले यसअघि दुई लघुवित्तको सेयर संस्थापक सेयरधनीका लागी बिक्री खुलाएको थियो । उक्त सेयरमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेको भन्दै बैंकले पुनः अन्य व्यक्ति संस्था वा कम्पनीलाई सेयर बिक्री खुला गरेको हो ।

उक्त सेयरमा संस्थापक सेयरधनीले पनि आवेदन दिन पाउने छन् । सूर्योदय वोमी लघुवित्तको सेयर खरिदको लागि न्युनतम बिक्री मूल्य प्रतिकित्ता २१७ रुपैयाँ तोकिएको छ । यस्तै महुली लघुवित्तको न्युनतम बिक्री मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ ।

सेयरमा आवेदन दिने इच्छुक लगानीकर्ताले असार १३ गतेसम्म एनआईसी एसिया क्यापिटल थापाथलीमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्ने छ । बोलपत्र आवेदन फारममा आफुले लिन चाहेको सेयर कित्ता संस्था, प्रति कित्ताको दर रेट अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।