भारतीय सेयर बजारमा हरियाली, सेन्सेक्सले कायम गर्यो नयाँ रेकर्ड

0
Shares

भारतीय सेयर बजार बुधबार नयाँ रेकर्ड बिन्दुमा पुगेको छ । वित्तीय कम्पनी, उर्जा कम्पनी तथा आइटी कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा सेन्सेक्स सूचांकले नयाँ इतिहास कायम गरेको हो ।

बुधबार प्रि–ओपनिङ मै बीएसई सेन्सेक्स ६३ हजार ५८८ बिन्दु पुग्दै इतिहासकै नयाँ उचाइमा पुगेको हो । यसअघि सेन्सेक्स सूचांक सन् २०२२ को डिसेम्बर महिनामा ६३ हजार ५८३ विन्दुमा पुगेको थियो । आज प्रि–ओपनिङमै सेन्सेक्स सूचांक बढ्दा ६३ हजार ५८८ विन्दुमा कारोबार भइरहेको हो ।

भारतीय लगानीकर्ता सेयर बजारमा लगानी गर्न आकर्षित हुँदा सेयर बजारमा हरियाली छाएको छ । बुधबार भारतीय सेयरसूचांक ‘बीएसई सेन्सेक्स’ नयाँ उचाइमा पुगेको हो ।

यस्तै निफ्टी सूचांक पनि सेन्सेक्सकै लय समात्दै अगाडि बढिरहेको छ । निफ्टी सूचांक यस्तै निफ्टी सूचाङ्क पनि यसअघि कायम भएको अधिकतम सूचकांकभन्दा १२ विन्दु पछाडि रहेको छ । निफ्टी सूचाङ्क १८ हजार ८२० बिन्दुमा रहेको छ ।

तथापि भारतीय सेयरबजारमा देखिएको हरियाली कति दिगो हुनेछ भन्ने अमेरिकी केन्द्रीय बैंक-फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले कंग्रेसमा दिने वक्तव्यले निर्धारण गर्नेछ । भारतमा हाल वैदेशिक लगानी प्रशस्त भित्रिँदा सेयर बजार उकालो लागेको छ । तर बुधबार पावेलले अमेरिकी कंग्रेसमा ब्याजदर बढाउने वा नबढाउने विषयमा दिने वक्तव्य अनुसार लगानीकर्ताले लगानी बढाउने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।