सिटिजन्स बैंकको बालिका शिक्षा तथा बाल विवाह न्यूनिकरण मुद्धती खाता योजना

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपालगञ्ज शाखा र नेपालगञ्ज उप–महानगरपालिका बाँके बच “बालिका शिक्षा तथा बालविवाह न्यूनिकरण मुद्धती खाता योजना” नामक कार्यक्रमका लागि सम्झौता भएको छ ।

ग्रामीण नेपालका बालिकाहरुको प्राथमिक शिक्षालाई प्रोत्साहन र बालविवाहलाई न्यूनीकरण गर्ने मुख्य उद्देश्यका साथसो योजनाको मुख्य उदेश्यका साथ बैंकले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

यो योजना कार्यान्वयनका लागि नेपालगञ्ज उप–महानगरपालिका विविध कोष अन्तरगत बालिकाहरुको नाममा मुद्धती खाता खोली कार्यविधि बमोजिमको रकम खातामा जम्मा गर्ने छ । बालिकाहरुको लागि बैंक खाता खोल्ने र उपलब्ध सबैभन्दा अनुकूल ब्याज दरमा २५ हजार रुपैयाँको मुद्दती निक्षेप राख्ने सहमति भएको छ ।

यस कार्यक्रमले बालविवाह घटाउन र यस क्षेत्रका युवा छात्राहरूको प्राथमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षा पूरा गर्न महत्तवपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कोषको उचित सदुपयोग सुनिश्चित गर्न, खातावालाहरूले नेपालगन्ज उपमहानगरपालिका, बाँकेबाट सिफारिसपत्र प्राप्त गरेपछि मात्र रकम झिक्न सक्नेछन । आफ्नो शिक्षा सफलतापूर्वक पूरा गर्ने र २० वर्षको उमेर अघि विवाह नगर्ने बालिकाहरुलाई मात्र सो पत्र जारी गरिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८४ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४१ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।