महालेखाले मर्जर र प्रिमियममा कर लाग्छ भनेपछि मैले काट्न सक्दिन: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जरमा भएको लाभ र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्थालाई आफुले काट्न नसक्ने बताएका छन् । उनले सरकारको आधिकारिक निकाय महालेखा परिक्षकको कार्यालयले कर लाग्ने हुँदा उठाउनु भनेको विषयलाई आफुले काट्न नसक्ने बताएका हुन् ।

उनले मर्जरबाट भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा कर तिर्ने व्यवस्था नयाँ नभएको बताए । कानुनमा भएको कुनै पनि व्यवस्थालाई संशोधन नगरी करदातालाई राहात दिन आर्थिक विधेयकमा आवश्यक व्यवस्था गरेको उनको भनाई छ ।

निजी क्षेत्रले यो विषयलाई भुतप्रभावि भयो भनेर व्याख्या गरेको बताउँदै मन्त्री महतले त्यस्तो गलत ब्याख्या नगर्न समेत आग्रह गरे। “नेपाल सरकारको आधिकारिक संस्था महालेखा परीक्षकको कार्यालयले मर्जरमा भएको लाभ र सेयर प्रिमियबाट लाभांश वितरण गर्दा आयकर तिर्नु पर्ने हुन्छ त्यसलाई उठाउन पर्छ भनेर भनेको अवस्था छ,” मन्त्री महतले भने,“त्यसलाई मैले काट्न सक्दिन ।”

“यस विषयमा कर लाग्ने नलाग्ने भन्ने निक्र्यौल मेरो तहबाट हुन सक्दैन,” उनले भने,“अब के गरेर जाने भन्ने स्पष्ट भएर जान सकिन्छ ।” सेयर प्रिमियमबाट लाभाशं वितरण गर्दा र मर्जरबाट भएको लाभमा कर लाग्छ भन्ने र लाग्दैन भन्ने ब्याख्या भएको अवस्था रहेको बताउँदै उनले भने,“महालेखाले देखाएको विषयलाई काट्ने काम भनेको अदालतले गर्न सक्छ । यो कानुनी ब्याख्याको विषय हो । कानुनको अन्तिम ब्याख्या गर्ने व्यक्ति म होइन ।”

अर्थमन्त्री महतले हरेक मन्त्रालयलाई बजेटको समय तालिका अनुसार कार्यान्वयन हुनै पर्छ भनेर निर्देशन दिइसकेको बताए । विगतका वर्षहरुमा जस्तो आगामी आर्थिक वर्षमा पनि बजेट खर्च नहुने तथा नतिजा मुखी खर्चका लागि उक्त निर्देशन दिइएको बताए। अहिले गरिएको समय तालिका अनुसार काम गरेर अर्थतन्त्रको अवस्थालाई परिवर्तन गर्नु नै पर्ने समेत उनले जोड दिए ।

सरकारले आर्थिक विधेयकमा उक्त दुबै शिर्षकका करमा लाग्ने ब्याज र शुल्क मिनाह गर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थालाइ निजी क्षेत्रले भने भुतप्रभावी व्यवस्था गरेर कर अशुल गर्न खोजीएको भन्दै विरोध जनाउदै आएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सुचिकृत अधिकासं कम्पनीको सेयर प्रिमियबाट लाभासं वितरण गर्दा र मर्जरको लाभमा कर तिर्नुपर्ने दायत्वि छ । यसमा बैंक, बीमा, लघुवित्त क्षेत्रका कम्पनीहरुको धेरै कर दायीत्व भएपनि निजी क्षेत्रले यसको विरोध गर्दै आएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।