निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।
यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।
राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।
उनले भने, “पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।” पानी नरोकिँदासम्म पहिरो पन्छाउन नसकिने र राजमार्ग सञ्चालन गर्न अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया