बेनेली बाइकको नयाँ मूल्य सार्वजनिक, ६० हजारसम्म छुट दिने

0
Shares

बेनेली मोटरसाइकलको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले इटालीमा निर्मित बेनेली मोटरसाइकलहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ ।

नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता केटिएम इन्टरनेशनलले आ.व. २०८०/८१ को नयाँ बजेट पश्चात् आजबाट लागू हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६० हजार रुपैयाँसम्मको छुट गरी बजारमा बिक्री गर्ने जनाएको हो । नयाँ मूल्य सूची अनुसार कम्पनीले बेनेली टि.आर.के. २५१ सीसी बाइकमा सर्वाधिक ६० हजार छुट दिएको छ । यसअघि ८ लाख २४ हजार ९०० रुपैयाँमा बिक्री गर्दै आएको उक्त बाइक कम्पनीले छुटपछि ७ लाख ६४ हजार ९०० रुपैयाँमा नै उपलब्ध गराउने जनाएको छ ।

यस्तै बेनेली १८० एस. नियोनमा २५ हजार छुट सहित ४ लाख ३९ हजार ९०० रुपैयाँ र बेनेली पेनेरिया १२५ स्कुटीको विद्यमान मूल्यमा ३५ हजार छुट गरी २ लाख ९९ हजार ९०० रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । बेनेली १८० एसको मूल्य यसअघि ४ लाख ५४ हजार ९०० रुपैयाँ रहेकोमा २५ हजार छुट गरी ४ लाख २९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

नेपालमा वेनेलीको १८० एस, टिआके २५१ (२४९ सीसी), ३०२ एस, ७५२एस मोटरबाइकहरु उपलब्ध छन् । कम्पनीको १८० एस आक्रामक तर आरामदायी रहेको छ । यस्तै टिआके २५१–२४९ सीसीको बीएस ६ इन्जिनको सशक्त गरिएको छ । ३०२ एस–प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि उपयुक्त रहेको र ७५२ एस–जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्ने जनाएको छ ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । बजारमा केटिएमले बेनेलीको १२५ सिसि देखि ७५२ सिसिसम्मको मोटरबाईक बिक्री वितरण गर्दै आइरहेको छ ।

नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माईलेज दिने कम्पनीको भनाई छ ।

कम्पनीले सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ ।

सन् १९११ देखि प्रचलित बेनेली इटालियन बाइक सवैको रोजाइ बन्न पुगेको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रा.) लि ले सन् २०१५ मा आयात सुरु गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।