आरबिबि म्युचुअल फन्ड–२ को इकाई सूचीकृत, मंगलबारदेखि कारोबार खुल्दै

0
Shares

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले बिक्रीम ल्याएको ‘आरबिबि म्युचुअल फन्ड–२’ को इकाई सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

उक्त फन्डको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाई सूचीकृत भएको हो । दोस्रो बजारमा कारोबारका लागि नेप्सेले आरएमएफ–२ कारोबार संकेत दिएको छ । सोमबार इकाई सूचीकृत भएसँगै फन्डको इकाई मंगलबारदेखि नै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । नेप्सेमा इकाई सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार हुने कानुनी व्यवस्था छ । फन्डको इकाई १० रुपैयाँमा कारोबार हुलनेछ भने बजारले निर्धारण गरे अनुसार भाउ निर्धारण हुँदै जानेछ ।

बैशाख १७ देखि बैशाख ३१ गतेसम्म १ अर्ब २० करोडले हुन आउने १२ करोड इकाईको बिक्री खुला गरिएको थियो । कुल इकाईमध्ये १५ प्रतिशत (१ करोड ८० लाख) इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरि बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

फन्डले प्रतिइकाई १० रुपैयाँ दरमा १२ करोड इकाई बिक्रीमा ल्याएको न्यून आवेदन परेपछि फन्डको आकार ८४ करोड ६१ लाख १९ हजार २९० रुपैयाँमा संकुचित बनेको थियो । यो दश बर्षे बन्दमुखी योजना हो । यसका इकाई बिक्रीबाट संकलन भएको रकम योजनाले तोेकेका क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी लगानीकर्तालाई उच्च प्रतिफल दिई लगानी सुरक्षित गर्ने योजना व्यवस्थापकको दाबी छ । जसमा अधिकतम १५ प्रतिशत बैंक मुद्दतीमा र अन्य तोकिएको क्षेत्रमा लगानी हुने उल्लेख छ । फन्डले औषत बार्षिक १७.७५ प्रतिशत लाभांश दिने दाबी छ ।

फन्डको व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । आरबिबि मर्चेन्टको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फण्ड हो । यसअघि १ अर्ब २५ करोडको आकारमा आरबिबि मर्चेन्टले आरबिबि म्युचुअल फन्ड–१ सञ्चालन गरिरहेको छ ।

योजना व्यवस्थापको अर्थशास्तमा एमए गरेका तथा बैंकिङ्ग तथा मर्चेन्ट बैंकिङ्गमा लामो समय काम गरेर अनुभवले खारिएका प्रमुख कार्यकारी अधिकृतमा बद्रि प्याकुरेल तथा एबिए गरेका मधुरेन्द्र शाह बरिष्ठ प्रबन्धक तथा चार्टड एकाउन्टेन्ट भावना थापा प्रबन्धकको भुमिकामा रहेकी छिन् । फन्डको कोष सुपरिवेक्षकमा प्राध्यापक डाक्टर -प्रा.डा. डिल्लीराज शर्मा, सिए मधुविर पाण्डे, डा. खोमराज खरेल, दुर्गाराज रेग्मी र सानुराज पोखरेल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।