शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारु अन्तराष्ट्रिय अवार्डबाट सम्मानित


सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु आउटस्ट्याडिङ इन्टरनेशनल लिडरसीप अचिभर्स अवार्ड २०२३ बाट सम्मानित भएका छन।

इन्टरनेशनल अचिभर्स कन्फेरेन्स (आइएसी) द्वारा आयोजित अवार्ड कार्यक्रममा मारु सम्मानित भएका हुन । मारु शिवम् सिमेन्टको स्थापना काल देखिनै निर्देशकको रुपमा कार्यरत रहेका छन् । विगत लामो समय देखि निरन्तर व्यवसायी क्षेत्रमा सकृय रुपमा लागी परेको तथा कुशल नेत्तृत्वका साथ संस्था संचालनमा अब्बल ब्यक्तित्वको रुपमा पहिचान बनाई सकेका छन् ।

आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आईरहेको छ र यस वर्ष दुवईमा १६ औं अवार्ड कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय स्तरका नेताहरु, सेलिब्रेटी एम्बास्टरहरु, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।