सबै कलेजले ११ कक्षाको शुल्क विवरण काठमाण्डौं महानगरलाई बुझाउनुपर्ने


काठमाण्डौं महानगरपालिकाले सबै विद्यालय तथा कलेजहरुलाई आगामी शैक्षिक शत्रमा ११ कक्षका विद्यार्थीबाट लिइने शुल्कको फकरिस्त बुझाउन निर्देशन दिएको छ ।

महानगरले शैक्षिक वर्ष २०८०/८१ मा कक्ष ११ मा भर्ना हुने विद्यार्थीहरुबाट विभिन्न शीर्षकमा असुल हुने शुल्कको विवरण असार मसान्तसम्ममा महानगरको शिक्षा विभागमा बुझाउन भनेको हो ।

“काठमाडौं महानगरपालिका अन्तर्गत सञ्चालित सबै संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के के शीर्षकमा के कति शुल्क लिने हो ? काठमाडौ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ को उपदफा ९ बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णय सहित शुल्क प्रस्ताव मिति २०८० असार मसान्त भित्र काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा उपलब्ध गराईदिनु हुन अनुरोध गर्दछौं,” महानगरले भनेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।