इकमर्श प्लेटफर्म दराज तथा अलिबाबाका लगानीकर्ता ज्याक मा नेपालमा


नेपालमा अधिक प्रयोगमा रहेको दाबी गरिँदै आएको इकमर्श प्लेटफर्म दराजका मुख्य लगानीकर्ता एवं चिनीया व्यवसायी ज्याक मा नेपाल आएका छन् । विशेष विमानबाट साढे तीन बजे नेपाल ओर्लिएका उनी अन्तर्राष्ट्रिय इकमर्श प्लेटफर्म अलिबाबाका संस्थापक हुन् ।

चीनको पाँचौ धनी व्यक्तिको पहिचान बनाएका ज्याक मा ३ दिन नेपालमा रहनेछन् भने उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेट्ने कार्यक्रम छ । उनी नेपाल आउनुको कारण भने खुलाएका छैनन् ।

विश्वका शीर्ष धनीको सूचीमा ६३ औं स्थानमा रहेका ज्याक माको नेटवर्थ २४ बिलियन डलर रहेको छ । ज्याक माले सन् २०१९ को सेप्टेम्बर १० मा अलिबाबाको प्रमुख कार्यकारी अधिकृतको पदबाट हट्ने निर्णय लिएका थिए ।

अलिबाबाको प्रमुख कार्यकारीको पदबाट बाहिरिनु अघि उनले नेपालमा धेरै प्रयोग हुने इकमर्श प्लेटफर्म केमुलाई खरिद गरी दराज ग्रुपमा लगेका थिए । दराज ग्रुपले अहिले नेपाल सहित पाकिस्तान बंगलादेश र श्रीलंकामा दराज ब्राण्डबाट इकमर्श सञ्चालन गरिरहेको छ । ग्रुपमा अलिबाबाको लगानी छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।