अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओमा २५.८८ गुणा आवेदन

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा अन्तिम दिन बुधबारसम्ममा सर्वसाधारणबाट माग भएको सेयर संख्याको २५.८८ गुणा आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ ५ः०५ बजेसम्ममा १ अर्ब ३९ करोड ६४ लाख ७१ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता सेयरको माग भएको हो ।

कम्पनीले सर्वसाधारणबाट ५ लाख ३९ हजार ५०० कित्ता खरिदका लागि आह्वान गरेको थियो । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था थियो ।

आवेदन दिने आज अन्तिम दिन सम्ममा १२ लाख ८२ हजार ४६३ को आवेदन परेको सीडीएसीले जनाएको छ । कम्पनीले जारी पुँजीको २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने कुल ६ करोड ५० लाख रुपैयाँको आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । सोमध्ये ५ प्रतिशतले हुन आउने ३२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशतले हुन आउने १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।