मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर वितरण


मुक्तिनाथ विकास बैंकले विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै बैंकले मधेश प्रदेशका अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको हो ।

बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्दनिगाहपूर अस्पताल, गजेन्द ना.सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ ।

बैंकले यस कार्यबाट स्वास्थ्य क्षेत्र तर्फ आफ्नो सामाजिक प्रयास अघि गर्दै, उक्त अस्पतालमा आउने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणा छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

यस्तै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत २ करोड रुपैयाँसम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण\खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।