धौलागिरी र खप्तड लघुवित्तको असार १९ देखि सेयर कारोबार रोक्का हुने

0
Shares

धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाको असार १९ गते मंगलबारदेखि सेयर कारोबार रोक्का हुने भएको छ ।

एक आपसमा मर्जरमा गएका दुई लघुवित्तले मर्जर सम्पन्न गरी असार २० देखि एकीकृत कारोबार सुरु गर्दैछन् । एकीकृत कारोबारसँगै असार १९ गतेदेखि सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै दुबै कम्पनीले नेप्सेलाई पत्राचार गरेका छन् ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ २४ गते, सेबोनले असार ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ गते अन्तिम स्वीकृति पाएपछि २० गते बुधबारदेखि संयुक्त कारोबार हुँदैछ ।

मर्जर पश्चात धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।