सूर्योदय लघुवित्तको संस्थापक सेयर सर्वसाधारणका लागी बिक्री खुला


सूर्योदय लघुवित्तले आम सर्वसाधारणका लागी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सेयर खरिदको लागी पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिएको थियो ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेको भन्दै लघुवित्तले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गर्ने जनाएको हो ।

बैंकले १ लाख ६९ हजार ५९५ कित्ता सेयरमा आवेदन खुलाएको हो । उक्त सेयरमा आज असार १७ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । कम्पनीको उक्त सेयरमा आवेदन दिन इच्छुकले लघुवित्त वित्तिय संस्था लिमिटेडको कपोरेट कार्यालय इमाडोल ललितपुरमा सम्पर्क गर्न सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।