हवाई सुरक्षामा लापरबाही भएको भन्दै श्री एयरलाइन्सको उडान स्थगित


आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै आज आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परीक्षण गरिने भएको हो ।

शनिबार काठमाण्डौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराईएको थियो ।

त्यसलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सको सबै विमानको प्राविधिक परीक्षण गर्ने भएको हो । सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् । एयरलाइन्सले गत फागुनमा पनि जहाजमा समस्या आएपछि सबै जहाज प्राधिकरणले उडान प्रतिबन्ध लगाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।