प्रभु बैंक र वन्डर्स नेपालबीच व्यावसायिक सम्बन्ध बिस्तार गर्ने सम्झौता


प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंक र वन्डर्स नेपालबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध बिस्तार सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकले वन्डर्स नेपालको परिसरमा एटिएम, क्यु.आर कोड, पोस मेसिन लगायतका विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

सो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सृजना हुने विश्वास बैंकले लिएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर मञ्जय राज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सोही अवसरमा प्रभु बैंकका बजार व्यवस्थापक शेखर राज वस्ताकोटी र निर्देशक पदम प्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।