सुनको भाउ बढ्यो, तोलाको कति ?


छापावाला सुनको भाउमा वृद्धि भएको छ । आइतबार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी ३७० रुपैयाँमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९२३ दशमलव ३३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।