सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्चालनमा


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ५ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

यो सँगै बैंकको १८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७ , मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५० , गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन् ।

सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले नयाँ शाखाका सम्पूर्ण कर्मचारीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मर्यादित ढङ्गबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुबिधा उपलब्ध गराउन निर्देशन दिएका छन् । सुशासन, कम्पलाइन्स र प्रुडेन्ट बैंकिङमा ध्यान दिँदै ग्राहकहरुलाई उत्कृष्ट सेवा दिने काममा सिटिजन्स बैंक अग्रस्थानमा रहने गरी काम गर्न सो समरोहमा प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरुलाई आग्रह गरे ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४३ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।