सिटिजन्स बैंकले ११ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


सिटिजन्स बैंक इन्टरनेसनलले ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले तारा विष्टको नाममा रहेको ११ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको उक्त सेयरमा जुनसुकै व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन पाउने छन् । बैंकले संस्थापक सेयरधनीको लागी जेठ १७ गतेदेखि ३५ दिनको समय दिएको थियो ।

उक्त, समयमा संस्थापक सेयरधनीबाट कुनै आवेदन नपरेकोले सर्वसाधारणका लागी सेयर निष्काशन गरेको हो । सेयरको न्यूनतम बिक्री मूल्य १३५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आज असार २० गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा सम्पर्क गर्न सक्नेछन् ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।