सुनचाँदी कारोबार सम्वन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता


सरकारले सुनचाँदी कारोबार सम्वन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मंगलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सो कुरा बताएका छन् ।

बैठकमा सचिव मरासिनीले सुनचाँदी कारोबार सम्वन्धी निर्देशिकालाई समयसापेक्षा र ब्यवहारिक वनाउन त्यसलाई परिमार्जन गर्ने कार्य शुरु भैसकेको बताए ।

निर्देशिकामा के के परिमार्जन गर्ने भन्ने नखुलाए पनि उनले त्यसलाई समय सापेक्ष वनाउँदै अञ्चल संरचनामा रहेको निर्देशिकालार्य प्रदेश संरचनामा लैजाँदै अन्य आवश्यक ब्यवस्थाहरुमा समेत परिमार्जन गर्न लागिएको संकेत गरे ।

समितिले आयोजना गरेको बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आगामी अािर्थक बर्षको बजेटले सुनचाँदी ब्यवसायमा पारेको प्रभावका बारेमा समितिलाई जानकारी गराएका थिए । त्यसक्रममा उनले सुनको आयातमा लाग्ने भन्सारमा एकै पटक ५० प्रतिशत वृद्धि गरिएको, सुनको आयातलाई बर्षौं देखि कोटा प्रणालीमा सिमित गरी प्रतिष्पर्धी बजारलाई खुम्च्याइएको बताए ।

यस्तै उनले सुनचाँदीलाई विलासिताको वस्तुको सूचिमा राख्ने २ प्रतिशत विलासिता कर लाग्ने ब्यवस्था गरिएको, विदेसवाट आउने नेपालीले ल्याउन पाउने सुनको परिमाणमा समेत महिला र पुरुष मात्र नभई नेपाली र भारतीय नागरिककावीचमा समेत विभेद गरिएको, खुल्ला बजार अर्थ नीति अनुसार सुनको आयात तथा विक्री बितरणको ब्यवस्था नगरिएको लगायतका गुनासो राखेका थिए ।

त्यसक्रमा उनले सुनचाँदीको काराबारकालागि प्रष्ट र प्रभावकारी ऐन\नियम \निर्देशिका लागु गर्न समेत माग गरे । सरकाले आगामी आर्थिक वर्ष २०८०\८१ को बजेट वक्तव्यमा सुनचाँदीको क्षेत्रमा लाग्दै आएको करमा ५० प्रतिशत वृद्धि गरेको छ । यस्तै सुनचाँदीलाई विलासिताका वस्तुमा समावेश गरेको छ । छलफलका क्रममा ब्यसायीहरुले सरकारले बजेटमार्फत सुनचाँदी क्षेत्रलाई उपेक्षा गरेको भन्दै त्यसको आलोचना समेत गरे ।

महासंघ अध्यक्ष शाक्यले बजेटले सुनचाँदी सम्बन्धी गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टी जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको टिप्पपणी गरे । बजेटमा सुनचाँदी कारोबार सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गर्दै नयाँ र अव्यवहारिक नीति समावेश भएको उनको भनाई छ ।

उनका अनुसार नेपालमा भन्दा अन्य देशमा प्रतितोला सुन १५ हजार भन्दा कम मूल्यमा पाइने भएका छ । त्यसको सिधा असर नेपालमा देखिने भन्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने क्षमता घट्ने उनले बताए । करको दसरमा भएको हेरफेरले दुई लाख भन्दा बढीको रोजगारी गुम्ने र सुनचाँदीमा नेपाली व्यवसायीहरुले लगाएको लगानी असुरक्षित हुन जाने अवस्था आउने उनको भनाइ छ ।

उनले १५ प्रतिशतको भन्सार दर घटाएर १२ देखि १३ प्रतिशतसम्ममा ल्याउनुपर्ने र तयारी गहनाहरु विदेशबाट ल्याउन पाउने व्यवस्थाले नेपालका २५ हजार भन्दा बढी व्यवसायीहरुको व्यवसायमा कच्चा पदार्थको कमी हुने बताए । हालसम्म विदेशमा बस्ने नेपालीहरुले विभिन्न माध्यमबाट नेपालमा बनेका सुनका गरगहना लैजाने गरेकोमा अब त्यो अवस्थाको पनि अन्त्य भएको उनले बताएका हुन् । सरकार उक्त व्यवस्था खारेज नगरे दुई लास मानिसहरुको रोजगार गुम्ने र २५ हजार व्यवसायी पलायन हुन सक्ने उनले उल्लेख गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रि रमेश रिजालको समेत उपस्थिति रहेको सो बैठकमा समितिका सभापति रेणन्दै वराइली तथा सदस्यहरुले सुनचाँदी ब्यवसाय र बजेटले गरेका नयाँ ब्यवस्था प्रति जिज्ञासा राखेका थिए । त्यसक्रममा महासंघका तर्फवाट उपाध्यक्ष दियेसरत्न शाक्य, विपिन रामुदामु, महेन्द्ररत्न शाक्य, शिव सर्राफ, कोषाध्यक्ष सुदिप श्रेष्ठ तथा नेपाल रत्न तथा आभुषण महासंघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद लकान्द्री र सचिव विमल धमला लगायतको सहभागिता रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।